प्रियंका–निकले सेयर गरे विवाहको नदेखिएको तस्बिर


एजेन्सी – प्रियंका चोपडा र निक जोनसको विवाह आजभन्दा १ वर्ष पहिले भएको थियो ।

यो जोडीले १ र २ डिसेम्बरमा क्रिश्चियत तथा हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । गत वर्ष आजकै दिन उनीहरुको हिन्दु परम्परा अनुसार विवाह भएको थियो । आफ्नो विवाहमा प्रियंकाले रातो जोडी लगाएकि थिइन् । उनीहरुको विवाह जोधपुरको उमेद भवन प्यालेसमा भएको थियो ।

हालै आएर प्रियंका–निकले विवाहको केही पहिले नदेखिएको तस्बिर सेयर गरेका छन् । प्रियंकाले एक भिडियोका साथै दुई तस्बिर सेयर गरेकि छन् । भिडियोमा प्रियंका–निक एक अर्काको हाथ समाएको देखिएका छन् । यसैगरी एक तस्बिरमा विवाहको मण्डपमा हात समाएर घुमेको र दोस्रोमा चुम्बन गरेको देखिएको छ ।

यी तस्बिरका साथ प्रियंकाले निकका लागि एक प्रेमले भरिएका क्याप्सन पनि लेखेकि छन् । प्रियंकाले क्याप्सनमा लेखेकि छन्, ‘मेरो प्रतिबद्धता, हिजो आज तथा सधै, आज मलाई एकै क्षणमै खुसी, उत्साह, लक्ष्य र सन्तुलन सबै दिन्छु । मलाई खोजेकोमा धन्यवाद । विवाहको पहिलो वर्ष पुगेकोमा धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस
Advertisement