५० लाखको घडी लगाएपछि प्रियंकाको चर्चा


एजेन्सी – बलिउडकी अभिनेत्री प्रियंका चोपडा यतिबेला चर्चामा छिन् । अस्करको मनोनयन सार्वजनिक कार्यक्रममा उनले पहिरिएको पहिरनको चर्चा विश्वभरि भइरहेको छ ।

सोमबार आयोजित समारोहमा प्रियंका र उनका पति निकले २३ वटा क्याटोगरीको मनोनयन सार्वजनिक गरेका थिए । निलो रंगको पहिरनमा सजिएकी प्रियंकाको ड्रेसको मूल्य करिब ३ लाख नेपाली रुपैयाँ रहेको बताइएको छ ।

उनले पहिरिएको घडीको चर्चा पनि कम छैन । बिभिलगरी डिभाको उक्त घडी करिब ५० लाख नेपाली रुपैयाँको रहेको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । समाचारका अनुसार यो घडी १८ क्यारेट गोल्डबाट बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement