प्रदेश सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा : सांसद रिता माझी


हेटौंडा – प्रदेश नं. ३ को बजेट माथिको छलफलमा राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले पहिलो सरकारले ल्याएको बजेट पञ्चायतकालिन भन्दा कमजोर आएको छ भन्दै पहिलो बजेटले नै संघीयता खतरामा पर्न सक्ने वताएकी छन् ।

जनताले परिवर्तनको अनुभुति दिन्छ भन्ने आशा लिएका थिए तर यो पहिलो सरकारको पहिलो बजेटले वास्तविकता र यथार्थ भन्दा भिन्न बजेट ल्याएकोले सवैलाई हास्यास्पद बनाएको बताईन् ।

बजेटमा भुकम्प पिडीत जनतालाई राहत हुने कार्यक्रम, बृद्धलाइ सुरक्षा भत्ता, युवालाई रोजागारी कार्यक्रम भन्दा विदेशिने बजेट र महिलाहरुको लागि विशेष कार्यक्रम आउन सकेन । यस बजेटमा सिन्धुली–खुर्कोट सुरुङ मार्ग हुनु पर्ने साँसद रिता माझीले माग गर्नु गरिन् । आदिवासी जनजातिहरुको पहिचानको रुपमा रहेको संस्कार र संस्कृति संरक्षण हुने कार्यक्रम नहुनु र धर्म परिवर्तन बढ्नुलाई पहिचानहरु मेटाउन सरकार नै लागि परेको महसुस भएको आरोप लगाएकी छन् ।

छलफलमा बोल्दै माझीले संघीय सरकार र स्थानीय सरकार भएमा मात्र देशको अर्थतन्त्रले धान्न सक्छ भन्दै निरन्तरता सहितको प्रजातन्त्र र स्थानीय स्वायत्त शासन प्रणाली हुनु पर्ने माग गरिन् । बैठक भोली विहान ११ बजे बस्ने सभामुख सानु श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement