प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत


बुटवल – प्रदेश नं- ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस आज सहमत भएको छ ।

बुटवलस्थित प्रदेश नं -५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले कानून मन्त्रीले सम्बोधन गरेपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने जानकारी दिँदै पोके बजेटले बेथिति ल्याउछ भन्न खोजेका हौं भने ।

सोमबार स्थगन भएको प्रदेशसभाको बैठक आज १ बजे बस्दैछ । बजेटमा असहमति जनाउँदै विपक्षी काँग्रेसले बैठक सञ्चालनमा अबरोध प¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement