अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको इन्टरनेट साझेदारमा भायानेट

अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको इन्टरनेट साझेदारमा भायानेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भायानेट नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ)को आधिकारिक इन्टरनेट साझेदार बनेको छ।

नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामध्ये एक पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ।

ई–स्पोर्ट्समा खेलाडीको सीप र निर्णय क्षमता जति महत्वपूर्ण हुन्छ, त्यति नै इन्टरनेटको कार्यसम्पादन पनि महत्वपूर्ण मानिन्छ।

विशेषगरी व्यावसायिक स्तरका प्रतियोगितामा इन्टरनेटको गति मात्र नभई स्थिरता, निरन्तरता र न्यून विलम्बता ९लो लेटेन्सी० आवश्यक हुन्छ। खेलका क्रममा केही क्षणका लागि आउने कनेक्टिभिटी समस्या वा अस्थिरताले समेत खेलको नतिजामा प्रत्यक्ष असर पार्न सक्छ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि आवश्यक कनेक्टिभिटी उपलब्ध गराउने जिम्मेवारी पाउनु भायानेटका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पीएमजीओजस्तो ठूलो अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगिताका लागि भायानेट छनोट हुनुलाई कम्पनीले आफ्नो नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाणका रूपमा लिएको छ।

पीएमजीओसँगको साझेदारी भायानेटको ई–स्पोर्ट्स क्षेत्रमा बढ्दो संलग्नताको अर्को महत्वपूर्ण कदम हो। यसअघि कम्पनीले पीएमएनसीमा पनि आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरेको थियो। उक्त प्रतियोगिताका क्रममा भायानेटले स्थिर तथा न्यून विलम्बतायुक्त इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराएको जनाएको छ।

कम्पनीले पीएमजीओसँगको साझेदारीमार्फत अन्तर्राष्ट्रिय स्तरको ई–स्पोर्ट्स सञ्चालन गर्न आवश्यक नेटवर्क विश्वसनीयता, स्थिरता र न्यून विलम्बता आफ्ना ग्राहकहरूले दैनिक रूपमा प्रयोग गर्ने कनेक्टिभिटीको आधारसमेत रहेको देखाउन चाहेको जनाएको छ।

नेपालमा अन्तर्राष्ट्रियस्तरका ठूला गेमिङ तथा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना हुने क्रम बढिरहेका बेला भायानेटको यो साझेदारीले नेपालको गेमिङ क्षेत्रमा कम्पनीको संलग्नतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।