काठमाण्डु – सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । केपी शर्मा अोली नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढाएको हो ।
यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक गरेको सूचीअनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि भएको हो ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत भाडा वृद्धि गरिएको छ । तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरिएको छ ।
विगत लामो समयदेखि वैज्ञानिक भाडादर लागू हुन नसकेको भन्दै विभागले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, टायर, यातायात श्रमिकको पारिश्रमिक, ब्याज, सञ्चालन मूनाफा लगायतमा मूल्यवृद्धि भएकाले भाडा बढाउनु परेको उल्लेख गरेको छ ।





प्रतिक्रिया