काठमाण्डु-सरकारले आइतवार साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतवार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
आइतवार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया