भोलि सार्वजनिक विदा


काठमाडौं – गण्डकी प्रदेशले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’को अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्र रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालयमा मंगलबार बिदा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement