आजपनि चलेनन् सार्वजनिक गाडी,काठमाण्डुमा सशस्त्र र प्रहरीको निःशुल्क बस सेवा

आजपनि चलेनन् सार्वजनिक गाडी,काठमाण्डुमा सशस्त्र र प्रहरीको निःशुल्क बस सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सार्वजनिक यातायात बन्द गरेर हड्तालमा उत्रेका यातायात व्यवसायीहरूले मंगलबार पनि जारी राखेका छन ।

सवारी साधन नचल्दा उपत्यकाका सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् ।

यातायात व्यवसायीहरूले गाडी चलाउन बन्द गरेपनि मयुर यातायात, साझा यातायातसहितका सार्वजनिक गाडी चलेका छन्।

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच राइड सेयरिङ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि यातायात व्यवसायीले मंगलबार पनि सार्वजनिक सवारी साधन नचलाएका हुन् ।

यसबीच काठमाण्डु उपत्यकामा मंगलबार पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीको निःशुल्क बस सेवा चलिरहेको छ ।
सार्वजनिक सवारी साधन नचल्दा अप्ठ्यारोमा परेका यात्रुको सहजताको लागि सशस्त्र र नेपाल प्रहरीले उपत्यकाका विभिन्न रुटमा २ वटा बस संचालन गरिरहेको छ । सोमबार पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेका थिए।

सशस्त्र प्रहरीको एउटा बस स्वायम्भु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म पुग्ने छ। अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।