काठमाण्डु – यातायात व्यवसायीहरूले सोमबार देशभर सार्वजनिक यातायातका साधन बन्द गरेका छने । जसकार कारण यात्रीहरू मर्कामा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरूको बिच्चली भएको छ ।
काठमाण्डु उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाण्डु उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको छ । सधैं व्यस्त रहने काठमाण्डुका सडक सुनसान देखिन्छन् ।




प्रतिक्रिया