आन्दोलनमा उत्रिए यायायात व्यवसायी


काठमाण्डु – सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा पनि भाडादर भने समायोजन नगरिएको भन्दै यातायात व्यवसायीहरु सडकमा बस तेर्साएर विरोध प्रदर्शनमा निस्किएका हुन् ।

व्यवसायीले सोमबार बौद्धबाट चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायतका बस व्यवसायीले बस नचलाएर हड्ताल गरेका हुन् । उनीहरुले भाडा समायोजन गनरेसम्म तत्काल यातायात सञ्चालन गर्न नसक्ने बताएका छन् ।

तेलको मूल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि भाडा १५ रुपैयाँ नै रहेकाले आन्दोलन गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायीको आन्दोलनका कारण चक्रपथ, भक्तपुरसहितका क्षेत्रमा चल्ने गाडीहरु ठप्प छन् । यातायात ठप्प भएपछि सवारी कुरेर बसेका यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस
Advertisement