पुल पनि जिवित !


एजेन्सी – पुल सामान्यतया काठ, सिमेन्ट तथा फलाम जस्ता धातुबाट बनाइन्छ । तर जिवित पुल हुन्छ भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । भारतको मेघालयमा यस्तै जिवित पुल रहेको छ यो बनेको छ रुखको जराबाट यो पुल ५० मिटर लामो र १०० वर्षको रहेको छ ।

‘यो पुल अविश्वसनिय रुपमा बलियो रहेको छ र बढ्दै जादा झनै बलियो बन्दै गएको छ । यो वास्तवमै अचम्मको छ र यसले वातावरणलाई पनि नकारात्मक असर पारेको छैन । यो वातावरणको अंश बनेको छ, ‘टेक्निकल युनिभर्सिटी अफ म्युनिखका प्राध्यापक फर्डिनान्ड लुडभिङले बताए ।

यो पुल भारतको मेघालयको पहाडमा रहेको छ । यसले गाउँ–गाउँलाई जोड्नका लागि सहयोग गरेको छ भने किसानलाई आफ्नो भूमिमा पहँुचका लागि सहयोग गरेको छ । यो पुल झुन्डिएको लहरा र समान किसिमका रुख ‘फिकर इलास्टिका’बाट बनेको छ ।

काठ र बासबाट बनेको पुलको तुलनामा यो पुल टिकाउ रहेको मानिएको छ । योपुल आधुनिक स्टिलको संरचनाको रुपमा पनि टिकाउ रहेको बताइएको छ । स्टिलका पुलहरुमा खिया लाग्ने र कुहिने खराबी हुने तर यसमा यस किसिमको समस्या नभएको लुडभिङले बताए ।

‘यो वृद्धि, कुहिने र पुर्नवृद्धि हुने चालू प्रक्रिया हो । यो पुनर्संरचना हुने आर्किटेक्टको प्रेरक उदाहरण हो,’ उनले बताए । यो पुल खासी र जयन्तियका व्यक्ति, परिवार र समुदायले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement