विश्व बैंकका उपाध्यक्षद्वयसँग नेपालमा लगानी बढाउन अर्थमन्त्री पुनको आग्रह


काठमाण्डु -अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन्।

मन्त्री पुनले दुवै उपाध्यक्षसँग वासिङटन डीसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका हुन्। निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई०)परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्।

पुनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरेका छन्। विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाडौंमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए।

आइडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाण्डुस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको उनले जानकारी गराए। नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन अर्थमन्त्री पुनले आग्रह गरे।

आइडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बजनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व समुदायले हेर्नलायक भएको जनाए।

प्रतिक्रिया दिनुहोस
Advertisement