काठमाण्डु– पाकिस्तानको ‘ब्रोड पिक’ आरोहणको क्रममा पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको छ ।
हिमपहिरोमा पुरिएका चार जनाको शव भेटिएकोमध्ये एक जना युक्तको शव भएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले पुष्टि गरेको छ ।
एसोसिएसनले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए ।
‘ब्रोड पिक’ हिमाल आरोहणका लागि उनी तीन हप्ता अघि नेपालबाट पाकिस्तान गएका थिए । उनीसँगै बेपत्ता हुनेहरूमा नेपालका निर्मल पुर्जा (निम्स दाई), किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाका मेलोरी गेइस बेपत्ता भएका थिए ।
त्यसमध्ये ४ जनाको शव फेला परेको थियो । ओमानी आरोही नधिरा अल हारथीको पनि शवको पहिचान भएको छ ।




प्रतिक्रिया