पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आयाे

पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मकवानपुरमा कन्टेनर पल्टिँदा अवरूद्ध बनेको पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ।

बिहीबार बिहान सवा १० बजे हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको कन्टेनर पल्टिएको हो।

उक्त कन्टेनरलाई क्रेनले पन्छ्याएर सडक सञ्चालनमा ल्याएको हो। प्र.२–०३–००१ख ६७३८ नं.को कन्टेनर पल्टिँदा राजमार्ग अवरूद्ध बनेको थियो।