काठमाण्डु – विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई सर्वोच्च अदालतले पनि आधिकारिकता दिएपछि नेता पूर्णबहादुर खड्काले आइतबार पनि छुट्टै भेला गरेका हुन्। उनी आफ्नो पक्षका नेताहरूसँग शनिबार पनि छलफलमा गरेका थिए ।
काठमाण्डुको धुम्बाराहीमा जारी बैठकमा १४ औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरूसँग निवर्तमान उपसभापति समेत रहेका खड्काले छलफल गरिरहेका छन्। बैठकमा प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, मीन विश्वकर्मा, रामहरि खतिवडालगायतका नेता सहभागी छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेका पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका छन् ।
शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाले गरेको फैसला स्वीकार गर्ने बताएका थिए। उनीहरुले १५ औँ महाधिवेशनमा कसरी जाने भन्ने छलफल गर्ने बताइएको छ।




प्रतिक्रिया