प्रधानसेनापतिद्वारा उपरथी पदमा बढुवा भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी पदमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मंगलबार जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति थापाले माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी जोशीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन गरिएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका १ जना महा–सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement