प्रधानसेनापतिले हेरे नेपाली चलचित्र ‘कालापनी’


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले चलचित्र ‘कालापनी’ हेरेका छन् । प्रधानसेनापतिसहितको टोलीले रिलिज नहुँदै उक्त चलचित्र हेरेका हुन् ।

प्रधानसेनापति थापाले चलचित्रको प्रशंसा गरेका छन् । उनले नालापानीले नेपालको रक्षाका लागि पूर्खाले गरेको योगदान बिर्सन नसकिने बताए ।

‘राष्ट्रको रक्षा लागि सेनाले मात्र नभएर सेना र जनता दुबैले सहकार्य गर्ने हो भने असम्भव केही पनि छैन’, उनले भने ।

सैनिक मुख्यालयमा भएको उक्त विशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी सहित ३०० जना बढी नेपाली सेनाका अधिकारीहरुले चलचित्र हेरेका थिए । यो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोटा, पुजना प्रधान लगायतका कलाकारको अभिनय छ । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले मिलेर गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको एकसन, रामशरण उप्रेतीको छायांकन, विपिन मल्लको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement