कांग्रेसमा उपसभापति खड्काले परराष्ट्र माग्दा नपाएपछि सपथ नै रोकियो


काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाममा कांग्रेसभित्र विवाद भएको छ । कांग्रेसमा खड्काले सरकारको नेतृत्व गर्नेमा सहमति भएपनि उनले पाउने मन्त्रालयमा भने विवाद भएको छ ।

खड्काले परराष्ट्रमा जान खोजेका छन् । तर,उनलाई सभापति शेरबहादुर देउवाले भने रक्षामा पठाउन खोजेका छन् । खड्कालाई रोक्न सभापति देउवाले केन्द्रीय सदस्य रमेश रिजाललाई परराष्ट्रमा पठाउन खोजेका छन् । तर, त्यसमा उपसभापति खड्का भने असन्तुष्ट छन् ।

खड्काले सुरुमा अर्थमा दावी गरेका थिए । तर, पछि उनले परराष्ट्र भएपनि आफुले पाउनुपर्ने अडान राखेका थिए । खड्कालाई त्यहां पनि रोक्न खोजेपछि उनले मिन विश्वकर्मा र शंकर भण्डारीसहित बैठक गरेर सभापति देउवाको विरोध गरेका थिए ।

पर्साबाट निर्वाचित सांसद रिजालले आफुले परराष्ट्र पाउनुपर्ने अडान राखेको कांग्रेस स्रोत बताउंछ । उनलाई उक्त मन्त्रालय नछोड्न सभापति देउवा निकटले नै उक्साएको बताइन्छ ।

कांग्रेसबाट अर्थमा प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ र स्वास्थ्यमा मोहन बस्नेत पठाउने तयारी छ ।

कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने लगभग निश्चित भएको स्रोतको दावी छ । तर, रक्षा र परराष्ट्रमा सहमति नबन्दा बिहिवार सपथ ग्रहण समेत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement