नेपाली सेनाको कमाण्ड बिहिबारबाट पूर्णचन्द्रको हातमा


काठमाडौं – नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ ।

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् । परिवारमा कान्छो छोराको रुपमा वि.सं. २५ भाद्र २०१७ मा जन्मेका थापाको जन्म लमजुङको गाउँशहरमा भएको हो। बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।

प्रधानसेनापति क्षेत्रीजस्तै कामु प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका रथी पूर्णचन्द्र थापाको परिवारपनि लामो समयदेखि सैनिक सेवामा छन्। उनका हजुरबुबा नेपाली सेनाको मेजर (सेनानी) थिए भने बुबा फणेन्द्र बहादुर थापा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) सम्म भए।

२७ मंसीर २०३७ मा नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट (सहायक सेनानी)मा भर्ति भएका उनले संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरको जिम्मेवारीपनि सम्हालिसकेका छन्।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो अवकासपछि नेपाली सेनाले एक सुयोग्य उच्च सैनिक अधिकृतलाई प्रधानसेनापतिका रुपमा पाउन लागेको बताएका छन्।

प्रधानसेनापति, क्षेत्रीका भनाईमा कामु प्रधानसेनातिका रुपमा सैनिक नेतृत्व पाउन लागेका रथी थापा नेपालकै स्टाफ कलेजबाट उतीर्ण गर्ने पहिलो प्रधानसेनापति समेत हुनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement