बारा २ उपनिर्वाचन : एमालेबाट पुरुषोत्तम पौडेल बने उम्मेदवार


काठमाण्डु – नेकपा एमालेले बारा २ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । आज मनोनयन दर्ता अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकाे एक नेताले बताए ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुनु केही घण्टाअघि एमालेले बारा २ को उम्मेदवार टुंगो लगाएको हो ।

बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । दलहरु उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले उम्मेदवार तोकिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement