रास्वपाले जेन-जी सांसद पुरुषोत्तम यादवलाई बनायो सह–महामन्त्री

रास्वपाले जेन-जी सांसद पुरुषोत्तम यादवलाई बनायो सह–महामन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी सांसद् पुरुषोत्तम यादवलाई पार्टी सह–महामन्त्रीको जिम्मेवारी दिएको छ ।

शुक्रबार वनस्थलीस्थित घण्टीघरमा बसेको पार्टी केन्द्रीय समिति बैठकले यादवलाई सह–महामन्त्रीमा मनोनित गर्ने निर्णय गरेको हो ।

योसँगै २७ वर्षीय यादव रास्वपाको सबैभन्दा कान्छो पदाधिकारी बनेका छन् ।

जेन-जी अगुवा यादव गत २३ भदौको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुसँग अनुमति लिने मध्ये एक थिए ।

रास्पाको समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।