खनाल र नेपालसँगको भेटपछि अध्यक्ष प्रचण्ड पुगे बालुवाटार


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

आइतबार बिहान नेकपा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरुसँग भेट गरेका अध्यक्ष प्रचण्ड पार्टीभित्रको समस्या समाधानबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।

दुवै अध्यक्षबीच आगामी मंसिरमा महाधिवेशन गर्न प्रधानमन्त्रीले ल्याएको प्रस्तावबारे छलफल हुने स्रोतले जानकारी दियो ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग नजिकएपछि माधव नेपाल पक्ष सशंकित बनेको छ । शनिबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा नमागेपछि नेता नेपाल सशंकित बनेका हुन् ।

उनले आज बिहान महाधिवेशनबारे समर्थन जनाएर आफूलाई धोका दिन लागेको हो ? भन्दै प्रश्न गरेका थिए । तर, अध्यक्ष प्रचण्डले भने आफू तत्काल महाधिवेशनको पक्षमा नरहेको स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement