परराष्ट्रका सह-सचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सह-सचिव पुष्पराज भट्टराई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्र मन्त्रालयका सह–सचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

भट्टराईलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाण्डुको कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।


सिआईबीका एसएसपी अनुपम शमशेर जबराले सहसचिव भट्टराईलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार भट्टराईले एक व्यक्तिलाई गैरकानूनी रुपमा ट्राभल डकुमेन्ट बनाइदिएका थिए ।

उनीमाथि राहदानी ऐन उल्लंघन कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भट्टराई मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

भट्टराई उपसचिव हुँदा राहदानी विभागको ट्राभल डकुमेन्ट शाखामा कार्यरत थिए ।

उक्त शाखाले विदेशमा राहदानी हराएका, म्याद सकिएका वा अन्य कारणले नेपाल फर्किनुपर्ने नेपाली नागरिकका लागि जारी हुने ट्राभल डकुमेन्टसम्बन्धी कामको समन्वय गर्छ ।

सोही समयमा उनले राहनादी ऐन आकर्षित हुने कसुर गरेको आरोप सिआईबीको छ ।