फेरी अर्थमा आए कृष्णहरी पुष्कर, सहसचिवहरु समेत फेरिने


काठमाण्डु – सरकारले अर्थसचिव परिवर्तन गरेको छ । चार महिनाअघि अर्थसचिव भएका अर्जुन पोखरेललाई हटाएर सरकारले प्रधानमन्त्री कार्यालयमा रहेका सचिव कृष्णहरि पुष्करलाई अर्थमा जिम्मेवारी दिएको हो ।

पुष्कर यसअघि समेत अर्थसचिव थिए । अर्थमन्त्री विष्णु पौडेल आएसंगै उनको सरुवा भएको थियो पौडेलले अर्थमा तोयम रायलाई अर्थमा ल्याएको थियो । अर्थमन्त्री डा.प्रकाशरण महतको प्रस्तावमा मन्त्रिपरिषद बैठकले शुक्रबार पुष्करलाई फेरी अर्थको जिम्मेवारी दिएको हो ।

अर्थतन्त्रको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको बेला अर्थमन्त्रीले सचिव परिवर्तन गरेका छन् भने अर्थको टिम नै फेर्ने योजनामा उनि छन् । महतको नेतृत्वमा अर्थमा काम हुन नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उनिसंग असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement