काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पुष्पा भुसाल उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन् ।
महिला उपसभापति पदमा उम्मेदवारी दिने भुसाल एक्लो भएपछि उनी निर्विरोध निर्वाचित भइन् । यसअघि वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेपछि उनी पनि निर्विरोध निर्वाचित भए ।
भुसाल यसअघि विशेष महाधिवेशनबाट पनि पार्टीको उपसभापति बनेकी थिइन् । पूर्वउपसभामुखसमेत रहेकी भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् ।
शर्मा यसअघि कांग्रेसका उपसभापति थिए । १५औँ महाधिवेशनमा उनले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका थिए । वरिष्ठ उपसभापति पद कांग्रेसमा नयाँ हो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियाअन्तर्गत दुवै पदमा १–१ जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन् ।




प्रतिक्रिया