स्वीडेनको प्रस्टोक्ति : रुसी राष्ट्रपति पुटिनको चेतावनीबाट डराउँदैनौं

स्वीडेनको प्रस्टोक्ति : रुसी राष्ट्रपति पुटिनको चेतावनीबाट डराउँदैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप नडराउने स्वीडेनले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार आपूर्ति गर्ने पश्चिमा मुलुकहरूमाथि आक्रमण गर्ने संकेत गरेपछि स्वीडेनी रक्षामन्त्री पाल जोन्सनले रूसको उक्साहटबाट स्वीडेन नडराउने बताए ।

स्वीडेनका मन्त्रीले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र र ड्रोन खरिदका लागि पर्याप्त आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

‘हामीले पछिल्लो समय देखेको रूसी तनाव र उक्साहट हामीलाई युक्रेनका लागि समर्थन गर्नबाट तर्साउने प्रयास हो र त्यो असम्भव छ,’ जोनसनले आफ्ना युक्रेनी समकक्षी रूस्टेम उमरोभसँग स्टकहोममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने ।

उनले भने, ‘युक्रेनलाई समर्थन गर्नु सही काम हो र यो विवेकी कुरा हो र यो हाम्रो आफ्नै सुरक्षामा लगानी हो । युक्रेनको सुरक्षा पनि हाम्रो सुरक्षा हो ।’

जोन्सनले उमरोभसँग भने, ‘युक्रेनलाई अन्तर्राष्ट्रिय कानूनअनुसार आफ्नो भूभागभित्र र बाहिर आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ । हामीले लामो दूरी मार हान्नसक्ने क्षेप्यास्त्र र ड्रोन उत्पादन गर्ने तपाईंको क्षमता दुवैलाई थप विकास गर्न सकेकोमा हामी खुसी छौं ।’

राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्व विश्वव्यापी युद्धको विशेषता भएको भन्दै रूसी भूमिमा प्रहार गर्न पश्चिमा हतियार प्रयोग गर्न किएभलाई अनुमति दिएकोमा युक्रेनका सहयोगी राष्ट्रको आलोचना गरेका छन् ।

हालैका दिनहरूमा युक्रेनले पहिलोपटक अमेरिकी र बेलायतद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्रहरू रूसी भूमिमा प्रहार गरेको छ, जसले लगभग ३ वर्ष लामो द्वन्द्वमा रूसलाई थप चिन्तित बनाएको छ ।

राष्ट्रपति पुटिनले भने, ‘जसले उनीहरूका हतियारहरू हाम्रो सुविधाविरुद्ध प्रयोग गर्न अनुमति दिन्छ, हामी पनि आफूलाई ती देशका सैन्य सुविधाविरुद्ध हाम्रा हतियार प्रयोग गर्ने हकदार ठान्छौं ।’