निर्यात रोक्ने उद्देश्यका साथ भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत कर


काठमाण्डु- भारतले प्याजको निर्यातमा कर बढाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेको हो ।

भारतको निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ । निर्यात रोक्ने उद्देश्यका साथ भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको हो । भारतले लगाएको उक्त कर डिसेम्बर ३१, २०२३ सम्म कायम रहनेछ ।

भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो । नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement