नयाँ मोबाइल किन्दा १ किलो प्याज उपहार


नयाँ दिल्ली – भारतमा प्याजको मूल्य आकासिएको छ । हाल भारतमा प्रति केजी प्याजको मूल्य २४० रुपैयाँ पुगेको छ ।

यस्तो अवस्थामा पसलेहरु यसैलाई आधार मानेर प्रचार गरिरहेका छन् । पसलेहरु सामान बिक्री गर्नका लागि सामानसँगै एक किलो प्याज पनि सित्तैमा दिन थालेका छन् । तामिलनाडुको एक पसलले स्मार्टफोन किन्ने ग्राहकलाई एक किलो प्याज सित्तैमा दिन थालेका छन् ।

द न्यूज मिनेटका अनुसार पेटुकोट्टइमा मोबाइल बिक्री तथा सेवा केन्द्र एसटीआर मोबाइल्सले आफ्नो स्टोरमा किनिएको प्रत्येक स्मार्टफोनसँगै एक किलो प्याज सित्तैमा दिन थालेको छ । पछिल्लो सातामा प्याजको मूल्य १८० भारु प्रति केजी पुगेको थियो ।

एसटीआर मोबाइल्सा मालिक श्रवणकुमारले फोनसँगै सित्तैमा प्याज दिने बिचारले आफ्नो पसलको लोकप्रियता बढाउने सोचे । यो योजनाका अनुसार उनलाई धेरै फाइदा हुनेछ । प्याजका लागि मानिस मोबाइल फोन किन्नका लागि तयार हुने भएका छन् ।

सामान्य रुपमा उनले दिनमा केबल ३ देखि ४ मोबाइल बिक्री गर्ने गरेका छन् । तर प्याज सित्तैमा घोषणा गरेपछि बिक्री बढेर १० पुगेको उनले बताए । ३५ वर्षका श्रवणकुमारका अनुसार मोबाइल लिएपछि ग्राहकले ठूला र साना प्याज छानेर लिन सक्नेछन् ।

व्यापारीले बेमौषमी वर्षालाई्र तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भएको बताएका छन् । प्याजको बढ्दो मूल्यलाई लिएर शोसल मिडियामा जोक्स पनि भाइरल हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement