प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु,१२ घाइते


बुटवल – प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिए ।

प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ बाँकी ६ जना जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको छ। जिप सडकबाट करिब १५० मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement