पाकिस्तानी सेना प्रमुख किन आउँदैछन् नेपाल?


काठमाडौं– पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवा नेपाल आउने भएका छन्। नेपाली सेनाको निमन्त्रणामा उनी असार ५ देखि ७ गतेसम्म नेपाल भ्रमण गर्नेछन्।

भ्रमणको क्रममा उनले प्रधानसेनापति क्षत्रीसहित राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री लगायत उच्च सरकारी अधिकारीसँग भेट गर्ने बताइएपनि पुष्टि हुन सकेको छैन।

यसअघि नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर फर्के लगत्तै वैशाख ३१ गते पाकिस्तान गएका थिए।

जेठ ४ गते मात्र नेपाल फर्केका क्षत्रीले भ्रमणको क्रममा पाकिस्तनी सेना प्रमुखलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

त्यसअघि गत फागुनमा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएको केही दिनमै पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासी नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement