क्वारेन्टिनहरूको अवस्था काठमाडौंमै दर्दनाक : सांसद पौडेल


काठमाडौं– राष्ट्रियसभाकी सांसद विमला राई पौडेलले सुरक्षाको दृष्टिकोणले क्वारेन्टिनको अवस्था दर्दनाक रहेको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले क्वारेन्टिनहरूको अवस्था काठमाडौंमै दर्दनाक भएको बताईन् ।

उनले महिला, बालबालिका तथा वृद्ध–वृद्धामैत्री क्वारेन्टिन बनाउन सरकारको ध्यानआकर्षण गराएकी हुन् ।

सांसद पौडेलले कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा महिला मन्त्रालयको उपस्थिति अनिवार्य बनाउन समेत माग गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement