रास्वपाका चार मन्त्रीको टुंगो लाग्यो: रवि गहमन्त्री, शिक्षामन्त्री सुमना


काठमाण्डु-सत्ता गठबन्धन दलबीच राष्ट्रिय स्वतन्त्र पार्टीलाई चार मन्त्रालय दिने सहमति भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपालाई चार मन्त्रालय दिने सहमति जुटेको हो ।

जसअनुसार गृहमन्त्रालय, श्रममन्त्रालय, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय रास्वपाले पाएको छ । त्यस्तै रास्वपाले आफ्ना चार जना मन्त्रीको पनि टुंगो लगाएको छ । पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएको छन् ।

डीपी अर्याल श्रम मन्त्री, शिक्षामन्त्री सुमना श्रेष्ठ बन्ने भएकी हुन् । त्यस्तै रास्वपाले खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement