रास्वपाले साताकाे एक दिन आफ्ना मन्त्रीसँग छलफल गर्ने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागि भएका मन्त्रीहरुसँग प्रत्येक आइतवार छलफल गर्ने भएको छ ।

रास्वपाले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि प्रत्यके आइतवार छलफल गर्ने भएको हो ।

रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागि भएको छ । गृहमा सभापति रवि आफै छन् । त्यस्तै उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement