सुन प्रकरणः कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सुन प्रकरणः कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन


काठमाण्डु- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतवार लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुका साथै महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको संलग्नता देखिएको ठहर गरेको थियो ।

त्यस्तै मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । यससँगै सीआईबी विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउने छ ।