काठमाण्डु- राप्रपाका नेता तथा राज्य व्यवस्था समितिका सदस्य बुद्धिमान तामाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको भएको बताएका छन् ।
बुधवार बसेको समितिको बैठकमा तामाङले गृहमन्त्री लामिछानेले हचुवाको भरमा पक्राउ गरि बदनाम गरेर छाड्ने काम गरेको बताएका हुन् । उनले कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै हचुवाका भरमा कसैलाई पक्राउ नगर्न लामिछानेलाई सुझाव दिए ।
‘नियतवश मान्छे समात्ने, बेइज्जत गर्ने अनि पछि छाड्ने । यसरी हचुवाको भरमा काम गर्न भएन । यस्ता कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको कुरामात्र हुन् ।’, उनले भने ।
केही दिन अगाडि प्रहरीले बुटवलबाट महरालाई नियन्त्रणमा लिएर काठमाण्डु ल्याएपछि स्वास्थ्य अवस्थाका कारण हस्पिटलमा पठाएको थियो । त्यसपछि महरा साधारण तारेखमा छुटेका थिए ।
प्रतिक्रिया