पुरानो स्टाटसले गर्दा चर्को आलोचना भएपछि गृहमन्त्री रविले खोले मुख


काठमाण्डु- कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आज नेपालभर सार्वजनिक विदा दिइएको गृहमन्त्रालय जानकारी दिएको थियो। गृहमन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेपछि गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ।

यतिबेला सामाजिक सञ्जालमा रविको पुरानो स्टाटस भाइरल भइरहेको छ । लामिछानेले ८ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै बाउको मुख हेर्ने दिनमा पनि दिन भनेका थिए

। तर, हाल आफू गृहमन्त्री हुँदा अरु देशको राजा आउदा सार्वजनिक विदा दिएको भन्दै उनको चर्को आलोचना भएको हो । आफ्नो पुरानो स्टाटस भएपछि रविले आफ्ना हिजोका अभिव्यक्ति खोतल्न आवश्यक नरहेको बताएका छन् । उनले हिजो गलत भनिएको कुरा आज पनि गलत नै रहेको उल्लेख गरेका छन् ।

‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै रिजल्ट आएने उनले बताएका छन् ।

‘विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरी सच्याउनु पर्छ। अनावश्यक बिदा, भिआइपी सवारीका नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरूलाई दिइदै आएको अभूतपूर्व सुविधालगायत तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउँदैछ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement