खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छः गृहमन्त्री लामिछाने


काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटीको अन्त्य हुने बताएका छन् ।

बिहीवार बाँकेको नौबस्तास्थित नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै मन्त्री लामिछानेले अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुने बताएका हुन् ।

त्यसबारे छलफल शुरू गरिसकेको उनले उनको भनाइ छ। ‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ। त्यसबारे छलफल सुरु गरिसकेका छौ।कैद मिनाहका लागि कैदीरबन्दीले पनि पहुँच खोज्ने होइन, आचरण सुधार गर्ने हो। असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न सरकार छ।’, उनले भने ।

उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement