काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन् ।
प्रवक्ता मनिष झाले लामिछानेले आइतबार अपराह्न १२ः३० बजे सचिवालयको बैठक डाकेको जानकारी दिए । उनका अनुसार बैठक चमतीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ ।
सचिवालय सदस्यहरुलाई अनिवार्य बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।
उपत्यकाका विभिन्न नदी किनाराका सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा मानवीय पक्षलाई उपेक्षा गरिएको भन्दै सरकार र रास्वपाको आलोचना बढेपछि लामिछानेले बैठक बोलाएका हुन् ।




प्रतिक्रिया