काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल भारत भ्रमणमा रहेका छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा लामिछाने सोमबार ५ दिने भ्रमणका लागि दिल्ली पुगेका हुन् ।
आज मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले उच्चस्तरीय राजनीतिक भेटवार्ता भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटमा भाजपा अध्यक्ष नितिन नविन लगायतका नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार छलफल दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्यका सम्भावना तथा नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित हुनेछ।
भारत भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटसमेत गरिरहेको छ। यस भ्रमणलाई नेपाल र भारतका प्रमुख राजनीतिक शक्तिबीच संवाद तथा अनुभव आदानप्रदानको अवसरका रूपमा हेरिएको छ।




प्रतिक्रिया