काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।
विवादको कारण रास्वपा मधेश प्रदेशको कुनै जिल्लामा पनि अधिवेशन हुन नसकेको बेला सभापतिले पार्टीका सांसदहरूसँग छलफल गरेको सचिवालयले जनाएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशनसम्बन्धी सबै गतिविधि रोकिएको जनाएको थियो ।




प्रतिक्रिया