काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाढी र पहिरोको महाविपद्को समयमा सबै राजनीतिक दलहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन आह्वान गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अहिले राजनीति गर्ने नभई मानवीय सेवामा समर्पित हुने समय भएको बताए ।
सभापति लामिछानेले राहत र उद्धार कार्यमा पोख्त तथा अनुभव भएका सबै राजनीतिक दलका विशेषज्ञहरूलाई एकै स्थानमा ल्याएर एकीकृत रूपमा परिचालन गर्न सरकार र दलहरूलाई आग्रह गरे । ‘हामीसँग भएका सबैभन्दा राम्रा हातहरू र दिमागहरूलाई एक ठाउँमा ल्याऔँ । अहिले कुनै दलको झन्डा बोकेर हिँड्ने बेला होइन, नेपालको झन्डा बोकेर एकजुट भई अगाडि बढ्ने बेला हो,’ उनले भने ।
संसद्को सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताउँदै उनले विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्न पूर्णरूपमा तयार रहेको बताए । उनले सबै दल र सरोकारवालाहरूको सर्वदलीय र सर्वपक्षीय बैठक बसेर ठोस कार्ययोजनाका साथ अघि बढ्न प्रस्ताव समेत गरेका छन् ।
उनले भने, ‘संकटको घडीमा हामी सबै एउटै टीम हौँ । समन्वयकारी जिम्मेवारी लिन र सरकारलाई सघाउन हामी चौबीसै घण्टा तयार छौँ,’ उनले भने । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र पीडितसम्म राहत पुर्याउन सबै संयन्त्रलाई सामूहिक रूपमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।




प्रतिक्रिया