पत्रकार महासंघले रविलाई भन्यो- धम्कीपूर्ण अभिव्यक्तिले कुनै घटना घटे जिम्मा लिनुपर्छ


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ती जारी गर्दै लामिछानेको अभिव्यक्ति नेपाली सञ्चार क्षेत्रप्रतिको आधारहीन र पूर्वाग्राही आरोप लगाउदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएका हुन् ।

संसदको चौथो ठूलो दलका सभापति तथा गृहमन्त्रीसमेत रहिसकेको व्याक्तिले संयमता गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्तीमा लामिछानेको अभिव्याक्तिले कुनै अप्रीय घटना भएमा लामिछाने र उनको पार्टीले जिम्मेवारी लिनुपर्ने पनि महासंघले स्पष्ट पारेको छ।
त्यस्तै रविलाई आफूले दिएको अभिव्यक्ति फिर्ता लिन पनि महासंघले माग गरेको छ । लामिछाने आज पत्रकार सम्मेलनमार्फत पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement