रवि विरुद्ध मुद्धा चलाउनु नपर्ने निर्णय


काठमाण्डु- जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निणर्य गरेको छ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निणर्य गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाएको हो ।

लामिछानेले आफू अमेरिकी नागरिक रहँदा-रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको प्रतिवेदनमा भनिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निणर्य गरिएको जानकारी दिए। उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने छ ।

यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल प्रमुख न्यौपानेले लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिएपनि त्यसको दुरुपयोग भएको नदेखिएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement