चितवन-२ मा रविलाई सघाउने जगन्नाथको घोषणा


काठमाण्डु- चितवन कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको निर्णयविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका पौडेलले उपनिर्वाचनमा भने रास्वपालाई समर्थन गर्ने भएका हुन् । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा अन्तर्गत रविले उम्मेदवारी दर्ता गराएका छन् ।  कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताए । ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement