ढाकाकुमारले आफु डुबेँ अरुलाई पनि डुबाउने धम्की दिनुभयाे: रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बर्खास्त गरिएका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले धम्की दिएको बताएका छन् ।  रवि लामिछानेका अनुसार श्रेष्ठले दुई करोडको डिल गरेको अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याए पनि आफू डुबे अरुलाई पनि डुबाउने धम्की दिएका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आजको केन्द्रीय समिति बैठकमा पार्टीबाट कसले पैसा मागेको हो भनेर प्रश्न गर्दा श्रेष्ठले त्यो अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको कुरा दोहोर्याएको जानकारी दिए । रविले ढाकाकुमारले पार्टी र आफूसँगको कुराकानीमा दुई थरी कुरा गरेको बताए ।

‘अर्को अडियोमा फेरि पुरानो अडियो वहाँकै भएको भन्ने भएको भन्ने यठेस्त प्रमाण देखिन्छ । अडियो होइन भने किन फोन गर्नुभयो भनेर भन्दा बचाई दिन्छ कि भनेर कुरा गरेँ भन्नुभयो । तर उहाँले म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ ।’, रविले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement