चुनाव जितेपछि पहिलो पटक रवि बालुवाटारमा


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच छलफल भइरहेको छ ।

उपचुनाव अन्तर्गत चितवन २ बाट निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् । सरकारलाई रास्वपाको समेत समर्थन रहेर पनि मन्त्रिपरिषद्‌मा सहभागी भएको छैन ।

सरकारमा सहभागिताको विषयमा रास्वपाले निर्णय लिएको छैन । रविले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement