जातजाति र समुदायसित होइन, बल्की बेथिति र भ्रष्टाचारविरुद्ध लड्नुपर्छ : सभापति लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हामीले जातजाति र समुदायसित नभई बेथिति र भ्रष्टाचारविरुद्ध लड्नुपर्ने बताएका छन् ।

शनिवार पार्टीको टोखा नगरपालिकाको भेलामा बोल्दै उनले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरे ।

‘जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खल्बल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो दुश्मनी गरीबी, अशिक्षा र बेरोजगारीसित हो ।’

सभापति लामिछानेले कानूनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिए । फरक–फरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement