काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सहरी विकास मन्त्री सुनिल लम्लासले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेका छन् ।
लामिछाने भेट्न मन्त्री लम्साल बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका थिए । उनीहरुबीच करिब ४० मिनेट कुराकानी भएको श्रोतले जनाएको छ ।
उनीहरुबीच सरकार सञ्चालन लगायत विषयमा छलफल भएको थियो । काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँच्ने अभिव्यक्तिका कारण लम्साल केही समयअघि विवादमा परेका थिए ।
मन्त्री लम्साल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का विश्वासपात्र मानिन्छन् ।
प्रधानमन्त्री बालेनले लम्साल र गृहमन्त्री सुधन गुरुङलाई दुईतिर राखेर अँगालो मारेको तस्बिर ‘देश बनाउने टोली’ लेखेर फेसबुकमा पोष्ट गरेका थिए ।




प्रतिक्रिया