काठमाण्डु– भारत भ्रमणमा रहेका सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आजदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय हुनेछन् ।
लामिछानेले आज सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने कार्यक्रम छ । लामिछानेले अध्यक्ष नवीनलाई नयाँदिल्लीको दिन दयाल उपाध्याय मार्गस्थि भाजपा मुख्यालयमा भेट्नेछन् ।
लामिछाने अध्यक्ष नवीनको निमन्त्रणामा पत्नी निकिता, रास्वपा महामन्त्री विपिनकुमार आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरासहित सोमबार दिल्ली पुगेका थिए ।
लामिछाने र नवीनबीच भाजपा र रास्वपाबीचको समबन्ध विस्तार तथा नेपाल–भारत सम्बन्ध सुधार, सीमा विवाद, सीमापार अपराध नियन्त्रणलगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको रास्वपा नेताहरुले बताएका छन् ।
लामिछानेले आजै भारतीय गृहमन्त्री अमित शाह, परराष्ट््रमन्त्री एस जयशंकरसँग भेट्नेछन् । उनले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका छ ।
बिहीबार नेपाल फर्कनुअघि लामिछानेले भारतमा रहेका नेपाली समुदाय र रास्वपा शुभेच्छुकसँग भेटघाट गर्ने पन कार्यक्रम छ ।




प्रतिक्रिया